सोनम, पूजा र आकाश अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक — OSNepal

सोनम, पूजा र आकाश अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक

LC (KTM) August 05, 2022 0

काठमाडौं :

सम्हालिन्छ कहिले मन’को आधिकारिक ट्रेलर रिलिज भएको छ । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ । छ ।। २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरमा सोनम, पूजा र आकाशबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई चित्रण गरिएको छ ।

सोनम र पूजाको प्रेममा आकाश आउँदाको संघर्ष लाई फिल्मको कथा बस्तु रहेको छ ।गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका छन् । मरिस्का पोखरेलको केमियो पनि फिल्मा देख्न सकिन्छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।

फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानले संगीत दिएका छन् ।लेन्द्रमान प्रधानको ब्याकग्राउन्ड स्कोर, अर्जुन जीसीको सम्पादन रहेको फिल्मको सहनिर्मातामा परी राना, अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिश खकुरेल र अंकित गौतम छन् । फिल्मको गीत ‘जरुरी कुरा छ’ यसअघि नै हिट भइसकेको छ । फिल्म यहि भदौ १७ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर