अमेरिका र क्यानडाबाट धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नेछु : पर्यटन दूत शर्मा — OSNepal

अमेरिका र क्यानडाबाट धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नेछु : पर्यटन दूत शर्मा

LC (KTM) August 08, 2022 0

काठमाडौँ ।

नेपाली व्यबसायी किरण शर्मा अमेरिकाको नेभाडा राज्यको पर्यटन दूतमा नियुक्त भएका छन् । मकालु ट्राभलको सिइओ समेत रहेका शर्मालाईं नेपाल सरकारले पर्यटन दुतका रुपमा नियुक्त गरेसँगै उनी अमेरिका पुगेका छन् ।

अमेरिका जानु अघि शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग अमेरिका र क्यानाडामा नेपालको बारेमा जानकारी गराउने, अमेरिकन र क्यानेडेली नागरिकहरुलाई नेपालसम्म कसरी ल्याउन सकिन्छ भन्ने विषयमा एक चरणको छलफल भएको र उनले अब अमेरिका बसाईका क्रममा तिब्र रुपमा प्रचार प्रसार अभियानलाई निरन्तरता दिनेकुरामा पर्यटन बोर्ड समेत विश्वत रहेको छ ।

अमेरिका जानु अघि शर्माले पर्यटन बोर्डका अध्यक्ष डाक्टर धनन्जय रेग्मीसँग पनि छलफल गरेका थिए । छलफलका क्रममा नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने रचाात्मक तरिका, अमेरिकामा प्रचार प्रसारका विभिन्न कार्यक्रमहरु गर्ने विषयमा पनि छलफल भएको थियो ।

गत हप्ता मात्रै अमेरिका पुगेका शर्माले नेबाडा राज्यमा मात्रै नभई सिंगो अमेरिका र क्यानाडाका विभिन्न स्थानमा आँफै पुगेर प्रचार प्रसारका कार्यक्रमहरु गर्ने तयारीमा रहेका छन् । अमेरिका र क्यानडाबाट नेपालमा युरोपबाट जसरी पर्यटकहरु नेपाल नआइरहेको परिप्रेक्षमा पर्यटन दूत शर्माले यो विषयमा ठूलो भूमिका खेल्ने प्रतिवद्धता समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर