बेलायतबाट रिलिज गरियो तीज गीत ‘माइती आंगन’, छमछम नचाउने यो रमाइलो भिडियो हेर्नुहोस् — OSNepal

बेलायतबाट रिलिज गरियो तीज गीत ‘माइती आंगन’, छमछम नचाउने यो रमाइलो भिडियो हेर्नुहोस्

LC (KTM) August 13, 2022 0

काठमाडौँ । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई लक्षित गर्दै तीज गीत ‘माइती आंगन’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार रिलिज गरिएको तीज गीत ‘माइती आंगन’ले नेपाली हिन्दु नारीहरुको विशेष पर्वमा माइतीको महत्व र छमछम कम्मर मर्काएर नाच्ने कुरालाई जोड दिएको छ ।

भिडियोले तीजमा माइतीको आँगनमा नै पुगेर घनघन मादन नघन्केसम्म, छमछम ननाचेसम्म तीज नआउने कुरालाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ । प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द शृजना रहेका छन् ।

जसमा प्रदिप श्रेष्ठको एरेन्ज रहेको छ । किशोर थापाको मिक्सिगं, भरत रेग्मीको कलरिंग रहेको गीतको भिडियोको निर्देशन लन्डनका युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् । आधुनिक शैलीका गीतमा बढी रमाएका निर्देशक श्रेष्ठ बेलायतका सर्वाधिक व्यस्त निर्देशक तथा कुशल संचारकर्मी हुन् । काव्या श्रेष्ठको सह निर्देशन रहेको भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ ।

भिडियोमा स्थानीय कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दिपिका श्रेष्ठ, निरु कोइराला, रिमा कंडेल, अमिका महत, शिक्षा पौडेल, विनिता थापा, बिनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दिपक थापा मैथाने मगरले अभिनय गरेका छन् । एभरेस्ट इन, नेपाल फुड्स र बिज एजुकेसनको निर्माण रहेको भिडियो इनफोकस नामक युट्युब च्यानलबाट बजारमा ल्याइएको हो भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *