सरकार, समयमै विचार गरी देश श्रींलका हुनबाट जोगाँऊ — OSNepal

सरकार, समयमै विचार गरी देश श्रींलका हुनबाट जोगाँऊ

LC (KTM) August 26, 2022 0

रुषा थापा / छिमेकी देशमा बनेका दुई वा चार पाङ्ग्रे नयाँ सवारीसाधनहरु नेपाल भित्राउनुअघि भन्सारमा ती गाडीहरुको प्रदूषणा चेकजाँच गरिदैँन । नेपाल सरकारले प्रदूषणा नै चेकजाँच नगरी बाहिरी मुलुकबाट आउने गाडीहरु जाँचपास गरेर भित्राउँछ ।यसरी सरकारले भन्सारमा नै गाडीहरुको प्रदूषणा चेकजाँच नगरी भित्राउँदा कतिको इन्जिन बिग्रिएको हुन्छ । सरकारले नयाँँ गाडीहरुको चेकजाँच नै नगरी भन्सारबाट भित्राउँदा ती गाडीहरुले दुर्घटना तथा प्रदूषणा गर्ने गर्छ ।

नयाँँ सवारीसाधनहरु बेच्ने कम्पनी तथा सोरुमहरुले नयाँँ गाडी किन्ने मानिसहरुसँग एउटा गाडीबाट डेढ लाखदेखि ९ लाखसम्म नाफा खाने गर्छन् । एकतिर यीनीहरुले सय ओटा गाडीको भन्सार तिर्छन् भने अर्कोतिर सय ओटा गाडीको कागजपत्र मिलाएर भन्सार नै नतिरी ल्याउने गर्छन् । साथै यिनीहरुले सरकारलाई बाहिरी मुलुकसँग त्यो सवारीसाधनहरु कति मूल्यमा किनेको भनेर बिल तथा भौचर पनि देखाउँदैनन् । सरकारले बनाएको कानूनअनुसार किनेको सामान बेच्दा त्यस सामानबाट २० प्रतिशत मात्र नाफा खान पाइन्छ ।

साथै २० प्रतिशतभन्दा बढी नाफा खाएको खण्डमा त्यस व्यक्ति तथा संस्थालाई सरकारले नै कानूनको दायरामा ल्याएर जरिवाना र सजाय दिने गर्छ ।तर नयाँ सवारीसाधनहरु बेच्ने सोरुमहरुले एउटै गाडीमा यत्रो नाफा खाँदा सरकार किन यीनीलाई अनुगमन गरेर कारबाहीको दायरामा ल्याउँदैन । यता सवारीसाधनहरु किन्ने मानिसहरुलाई पनि यी सवारीसाधनहरुको मुल्यनिर्धारण सरकारले गरेको हो वा होइन भनेर थाहा छैन ।

सवारीसाधन बेच्ने सोरुमहरुले सवारीसाधन बेचेर जनतासँग लिएको पैसा महंगो हो वा सस्तो हो भनेर अहिलेसम्म सरकारलाई थाहा छैन । २ रुपैँया किलोमा बिक्री नहुने फलामका पाताहरु भारत वा विभिन्न मुलुकहरुले त्यसलाई नै सवारीसाधन बनाएर लाखौँ रुपैँयामा नेपाललाई बेचिरहेको छ । एकतिर नेपाली मुद्रा सबै भारत वा बाहिरी मुलुकहरुले लगिरहेको छ भने अर्कोतिर हामी जनताले त्यत्रो पैसा हालेर किनेको सवारीसाधन एक दुई महिनामा नै बिग्रिने गर्छ । यो गाडीहरुको इन्जिन छिटै बिग्रिने गर्छ ।

यसरी गाडी बेच्ने सोरुमहरुले नेपालीलाई गाडी बेचेर नेपालको मुद्रा भारत तथा अन्य मुलुकतिर लाग्छ भने हामी जनता ठगिन्छौँ । सोरुमहरुमा सवारीसाधन किनेपछि किन्ने मानिसको नाममा सवारीसाधन नामसरी तथा दर्ता गर्न सोरुम तथा कम्पनीले त्यो सवारीसाधनको कागजपत्रहरु यातायात कार्यालयमा पेश गर्छ । सोरुमले आफ्नो सवारीसाधन बेचिपछि किन्ने मानिसबाट पुरा रकम लिएपछि त्यो गाडी व्यक्तिको नाममा नामसरी, बिलबुक तथा दर्ता गराउने गर्दछ । यसरी यातायात कार्यालयमा त्यो गाडीको दर्ता गरेरपछि त्यस गाडीको नम्बरप्लेट आउने गर्छ ।
गाडीको बिलबुक र नम्बरप्लेट आएपछि त्यो गाडी बाटोमा चलाइन्छ । त्यसपश्चात्मात्र त्यो गाडीको प्रदूषणा चेकजाँच गर्ने गरिन्छ । यसरी सोरुम तथा बाहिरी मुलुकले त्यो गाडी बेचेर पैसा लगिसक्छ तर त्यस गाडीको प्रदूषणा चेकजाँच गर्दा यदि त्यो गाडीको इन्जिन फेल भएको छ भने त्यस मानिसले नै त्यो गाडीको सम्पूर्ण मर्मत खर्च बेर्होनुपर्छ ।यसरी त्यो गाडी किन्ने मानिस गाडि किन्दा नराम्रोसँग ठगिन्छ ।

सरकारले अबदेखि भन्सारमा नै गाडीको प्रदूषणा चेकजाँच गर्ने व्यवस्था मिलाएमा यसरी सिधासाधी जनताहरु डुब्नु पर्दैन । साथै प्रदुषणा सुरुमै चेकजाँच गरेपछि त्यस्ता गाडीहरु नेपालपनि भित्रिन पाउदैँन । प्रदूषणा चेकजाँच नगरी त्यस्ता गाडीहरु नेपाल भित्राउँदा एकतिर नेपाली जनता डुबिरहेका छन् भने अर्कोतिर नेपाली मुद्रा पलायन हुदैँ छ ।
नेपालमा अहिले ३१ लाखभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधनहरु दर्तामा रहेका छन् । यो सवारीसाधनहरुको पनि ६÷६ महिनामा प्रदूषणा चेकजाँच गर्ने व्यवस्था सरकारले मिलाएमा राज्यको ढुकुटीमा वर्षो लाखौ रुपैँया जम्मा हुने छ । साथै प्रदूषणा कम भई दुर्घटना नियन्त्रण हुन्छ ।

नेपालमा अहिले पनि व्यापारीहरुले ३ लाखदेखि ५ करोडसम्म पर्ने सवारीसाधनहरु बाहिरी मुलुकबाट नेपाल भित्राइरहेका छन् । देशको अर्थतन्त्र नै टाप पल्टि सकेको छ जनता भन्छन् तर सवारीसाधनहरु भित्रिन कम भएको छैन । बैंक, फाइन्स र सहकारीहरुमा पैसा छैन । यी संस्थाहरुले अहिले पैसा छैन भनेर बचतकर्ताको ब्याजको त कुरै छोड्देऊ साँवा पनि फिर्ता दिदैँनन् । पछिल्लो समय यी संघसंस्थाका चेयरम्यान, अधयक्ष र मेनिजरहरु नयाँ गाडी बेच्ने कम्पनीहरुसँग घुस खाएर नयाँ गाडीका एलसीहरु खोलिरहेका छन् ।

साथै नयाँ गाडी किन्ने मानिसहरुलाई यीनीहरुले अहिले पनि कर्जा प्रवाह गरिरहेका छन् । यता बचतकर्ताको रकम भने फिर्ता गर्दैनन् तर नयाँ गाडीलाई भने चाहिँ कर्जा प्रवाह गर्छन् । यसबाट त सवारीसाधन बेच्ने सोरुम र यी वित्तिय सस्ंथाहरुबिच केही मिलोमत्तो रहेको देखिदैँन । दुई पाङ्ग्रे सवारीसाधन धितो राखेर लोन दिएबापत सवारीसाधन बेच्ने सोरुमले त्यस संस्थाको अध्यक्ष वा चेयरम्यानलाई २५ हजार घुस दिन्छन् भनेर पनि सुनिन्छ ।

यता चार पाङ्ग्रे गाडी धितो राखेर लोन दिएबापत १ लाखदेखि डेढलाखसम्म घुस दिने गरिन्छ । गाडीको मूल्य सोरुमले राख्छ र नयाँ गाडी किन्ने मानिसले त्यस गाडीको मूल्यको आधारमा २० प्रतिशत रकम सुरुमा डिपोजिट गर्छ र ८० प्रतिशत लोन त्यहँी सोरुमले वित्तियसस्ंथाका सञ्चालक, अध्यक्षहरुलाई घुस दिएर मिलाइदिने गर्छ ।

सोरुमहरुले वित्तिय सस्ंथालाई यसरी घुस दिएर आफ्नो सवारीसाधन सजिलैसँग बचेर आफू नाफा कमाउने गर्दछ भने यता वित्तिय सस्ंथाबाट ऋण लिएर गाडी किन्ने मानिसले तीन कित्ता तिर्न नसक्नेबित्तिकै यी संस्थाहरुले गाडी नै लिलाम गरेर लैजाने गर्छ र ऋणीले सुरुमा त्यस गाडीमा गरेको २० प्रतिशत लगानी पनि डुब्ने गर्दछ ।सोरुमहरुले यी वित्तिय संस्थाहरुलाई हातमा लिएर सिधासाधी जनतालाई महंगोमा गाडी किन्न लगाएर जनता फसाउनुको साथसाथै डुबाइरहेका छन् । यी वित्तिय संस्थाहरुले आफू बढी सेवाशुल्क, घुस खानाका लागि जोखिमपूर्ण वस्तुमा लगानी गर्दा आज जनताको पैसा सबै डुब्ने भएको छ ।

सोरुमहरुले नयाँ गाडी बेचेर यातयात कार्यालयमा दर्ता गराउनेबित्तिकै त्यहँी गाडी एकमहिनापछि आधा मूल्यमा बिक्री गर्छु भन्दा पनि त्यो गाडीको बिक्री हुदैँन । त्यस्तै यता यी वित्तिय संस्थाहरुले तीनै वस्तुहरुमा आँखा चिम्लेर लगानी गरेको छ । सेयर, घरजग्गा र गाडी । दुई वर्षअघि तीन करोडमा किनेको घरजग्गा अहिले १ करोडमा बेच्छुभन्दा पनि बिक्री हुदैँन , एक वर्षअघि २५ सय रुपैँयामा किनेको एक कित्ता सेयर अहिले सयरुपैँयामा बिक्दैँन । यी वस्तुहरुको मूल्य तथा किनबेच एकवर्ष अघिसम्म निकै उच्च रहेको थियो ।तर अहिले सेयर किन्ने मानिस एकजना छैन र घरजग्गा किन्ने मानिसहरु त झन नै शून्य रहेका छन् ।

अहिले वित्तिय सस्ंथाबाट ऋण लिएका मानिसहरु ऋण तिर्नका लागि घरजग्गा बेच्न यत्तिकै भेटिन्छन् तर बिक्री गर्न सक्दैँनन् । ९५ प्रतिशत घरजग्गा , सेयर र गाडीहरु सबै यी वित्तिय सस्ंथाहरुको नाममा रहेको छ । अहिले यी वित्तिय सस्ंथाहरुले लगानी गरेको ठाउँ नै जोखिमपूर्ण भएपछि वा मन्दी आएपछि अहिले आर्थिक तरलता बढिरहेको छ । एकतिर वित्तिय संस्थाहरु डुब्ने अवस्थामा पुगे भने अर्कोतिर यी संस्थाहरुमा ब्याज खान डिपोजिट गरेका मानिसहरुले पैसा नपाएपछि उनीहरुको घरमा रुवाबासी चलिरहेको छ ।

सवारीसाधनहरुको मूल्यनिर्धारण पनि सरकारले गरेको छैन । सोरुमहरुले महंगौ गाडी बेचेर जनतालाई फसाए । बैकहरुले सय रुपैँया कित्तामा निकाष्सन गरेको सेयर पनि दलालीहरुले ५ सयदेखि ५ हजारसम्ममा बेचेर जनता फसाए । सरकारले आनाको २ लाख मूल्य निर्धारण गरेको जग्गाको रेट आज दलालीहरुले आनाको ५०देखि ६० लाखमा बेचेर जनता फसाए ।
न्युउरोडमा सरकारले निर्धारण गरेको एक आना जग्गको रेट ६६लाख ५० हजार रहेको छ तर यीनै दलालीहरुका कारण त्यो जग्गा जनतालाई आनाको १० करोडमा बेचिन्छ । दलालीहरुको कुरामा लागेर वित्तिय सस्ंथाहरुले सम्पूर्ण लगानी यस्तो जोखिमपूर्ण वस्तुहरुमा गर्दा आज दलालीहरु भगाभाग भएभने किन्ने मानिसहरु पानीमा खसे । वित्तिय संस्थाहरुले अहिले धितो बिक्री गर्न चाहेमा धितो बिक्दैँन भने लोन दिएको मानिसले पैसा फिर्ता गर्दैन ।

अहिले नेपालको सहकारीहरुमा जनताले बचत गरेको १० खर्ब रुपैँया डुबिसकेको छ । यता बैंक, फाइन्सहरुले पनि जनताको पैसा फिर्ता गर्न नसकेर हात उठाइसकेका छन् । साथै यी वित्तिय सस्ंथाहरुमा जनताले पैसा राख्न छोडे भने पैसा निकाल्नेको लाइन हेरेर साध्य छैन । दिनहुँ ५ ओटा सहकारीहरु भागिरहेका छन् । सहकारीमा आफ्नो खातामा ५० लाख भएतापनि हप्तामा ५ हजारबाहेक दिदैँन । साँवा पनि छैन र ब्याज पनि छैन ।

बैंक, फाइन्सका चेयरम्यान, अध्यक्षहरुले हिजो घुस खाएर सम्पूर्ण लगानी घरजग्गा, सेयर र गाडीमा गरे । उनीहरुले १ लाख रुपैँया कर्जा दिएमा १० हजार र १ करोड दिएमा १० लाख घुस खाने गर्थे । हिजो घरजग्गा, सेयर र गाडीलाई आँखा चिम्लेर लोन दिने वित्तिय संस्थाहरु आज ती वस्तुहरुको मूल्य घटेर वा मन्दी आएर भगाभाग गरिरहेका छन् ।
अहिले जनताको पैसा फिर्ता गर्नुपर्छ भनेर अफिस नै नआई लुकेर भागिरहेका छन् । हिजो घुस खाएर आफ्नो फाइदाको लागि कर्जा दिए, अहिले जनता डुबाउन पाइन्छ । पहिला घुसको लागि वा आफन्तको लागि भनेर २० लाखमा बिक्री नहुने जग्गालाई २५ लाख कर्जा दिए । अहिले कति सहकारीहरु हाम्रो भवन छ भन्दै जनतासँग नौँटकी गरिरहेका छन् भने कति जनतालाई डुबाएर भागिसकेका छन् ।
वित्तिय संस्थाहरुमा अहिले कोही बच्चा बोकेर र कोही लहोरो तेकेर पैसा निकाल्न लाइनमा बसिरहेका हुन्छन् । साथै कतिले अलिअलि भएपनि पैसा दिएका छन् भने कतिले त्यो पनि नदिँदा जनताहरु आन्दोलनमा उत्रिएका छन् । सहकारी विभागका महानिर्दैशक सहकारी विभागसँग पैसा खाएर सहकारीले जनताको पैसा फिर्ता नगर्दा वा भाग्दा पनि सहकारीहरु कै पक्षमा बोलिरहेका छन् । उनी अहिले पनि जनता तथा पिडित पक्षका विषयमा बोलेका छैनन् ।

अहिले घरैपिछे यीनै वित्तिय संस्थाहरुका कारण रुवाबासी सुरु भएको छ भने लोग्ने — स्वास्नीको छोडपत्र हुन लागेको छ । खाइनखाइ आफूले जीवनभर कमाएको सम्पत्ति सहकारी तथा बैंकहरु लगेर डुबाउँदा अहिले जनताहरु दिनहुँ यी संस्थामा धौउँदा हैरान भएका छन् । आज सबै व्यापारीहरुले वित्तिय संस्था र जनताहरु दुवै डुबाएका छन् । अहिले उनीहरु त उम्कि हाले तर फस्ने समयमा सिधासाधी जनताहरु फसे । पछिल्लो समय जनताहरुलाई मर्नु कि बाच्ँनु भइरहेको छ भने दिनको भोक र रातको निन्द्रा पनि मेटिसकेको छ ।

सरकारले पहिला नै घरजग्गा, सेयर र गाडीमा कर्जा दिनुहुदैँन भनेर यसप्रति प्रतिबन्ध लगाएको भए आज जनताहरु यसरी फस्ने थिएनन् । अब बैंकका चेयरम्यान, सञ्ञ्चालक, अध्यक्षहरुको व्यक्तिगत सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले छानविन गर्नुपर्छ । यीनीहरुले हिजो घुस खाएर आफू धनी बन्न कमजोर धितोमा कर्जा प्रवाह गरे र आज जनता सडकछाप भए । देशमा आर्थिक संकट आइसकेको छ । यस्तो हुँदा पनि अहिलेपनि सहकारीविभागले जनतालाई सहकारीमा पैसा नराख्नु भनेर किन सचेत गराएको छैन ।

अहिले पनि डुबेका सहकारीहरुले पैसा उठाउनका लागि बजार प्रतिनिधि पठाइरहेका छन् भने यता जनताले पैसा राख्न छोडेका छन् । सहकारीहरुले बजार प्रतिनिधिहरुलाई पछिल्लो समय तलब दिन नसकेको हुनाले बजार प्रतिनिधहरुले बजारबाट उठाएको पैसा सबै आफ्नो घरतिर लैजाने भन्ने कुरा पनि अहिले सुनिन्छ ।

नागरिकहरु भन्छन् वित्तिय सस्ंथाहरुमा पैसा नराखौँ , सर्तक रहौँ । अब जनतामा चेतना आउनुपर्छ । अबपनि नयाँ गाडीहरुको आयातमा सरकारले रोक नलगाएमा नेपाल श्रींलकाको अवस्थामा पुग्ने छ । बैंकले १ लाख डिपोजिट र सहकारीले ५ हजार रुपैँया फिर्ता गर्न नसक्नु नै नेपाल श्रींलकामा पुग्नुको पहिलो लक्षण होइन र ।

नेपाल अहिले श्रींलकाकै बाटोमा हिडिरहेको हुनाले विश्वमा नेपाल देश रहन्छ कि रह्दैँन भनेर जनता अन्योलमा छन् । अहिले पनि जनताले तिरेको करबाट सरकारी कर्मचारी र नेताहरुले दर खाइरहेका छन् ।देशलाई आर्थिक संकटबाट कसरी जोगाउने भनेर सोच्नुको सट्टा उनीहरु दर खान नै व्यस्त छन् विदेशी ऋण प्रत्येक नेपालीको टाउकामो ७१ ह्जार छ भने सरकारी कर्मचारीलाई सेवासुविधा दिएर सरकारलाई पुगेको छैन । ।अब सरकारले छिटोभन्दा छिटो नै सरकारी कर्मचारीको सेवासुविधा कटौती गरी तलबभत्ता पनि आधा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर