जब आकाशलाई हेलिकप्टरमा राखेर पूजा चोभार पुगिन् , अनि हेलिकप्टरबाट फूल बर्सियो — OSNepal

जब आकाशलाई हेलिकप्टरमा राखेर पूजा चोभार पुगिन् , अनि हेलिकप्टरबाट फूल बर्सियो

LC (KTM) September 01, 2022 0

काठमाडौँ ।

फिल्म ‘सम्हालिन्छ कहिले मन’ भोलीबाट देशभर एकसाथ रिलिज हुने तयारीमा छ । जसको प्रचार प्रसारमा फिल्मका मुख्य ३ कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन दिल खोलेर लागिपरिरहेका छन् ।

उनीहरुले अहिलेसम्मकै भिन्न प्रचार प्रसारको शैली प्रयोग समेत गरेका छन् । जसमा यी ३ लोकप्रिय कलाकारहरु त्रिभुवन विमानस्थलबाट हेलिकप्टरबाट चोभार पुगे । चोभारमा ल्यान्ड भएको हेलिकप्टरले फूल बर्सायो ।

हेलिकप्टरबाट उत्रिएर तिन कलाकारले मिडियालाई आफ्नो प्रतिक्रिया दिए । भगवान र दर्शकसँग हामीले आर्शिवाद लिएका छौँ र मलाई जहिले पनि अग्लो ठाउँबाट भगवान्को परिक्रमा गर्न मन थियो जुन आज पूरा भएको पूजाले बताइन् ।

आकाशले पनि एउटा उचाईमा पुगेर फिल्मको प्रमोशन गर्न पाउँदा खुशी लागेको बताए । उनले, फिल्म उत्कृष्ट बनेको भन्दै हेर्न दर्शकलाई आग्रह गरे । त्यस्तै फिल्मका अर्का हिरो तथा नव–नायक सोनम तोप्देनले एउटा राम्रो टिम भएका कारणले नै यो साथ र माया पाउने कुरामा विश्वास ब्यक्त गरे ।

सुदर्शन थापा निर्देशित फिल्म एबी प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर