आफू भन्दा २० बर्ष जेठो अनि मोटो मान्छेसँग पैसाका लागी बिहे गरेको भन्दै ट्रोलको सिकार बनिन् अभिनेत्री महालक्ष्मी — OSNepal

आफू भन्दा २० बर्ष जेठो अनि मोटो मान्छेसँग पैसाका लागी बिहे गरेको भन्दै ट्रोलको सिकार बनिन् अभिनेत्री महालक्ष्मी

LC (KTM) September 02, 2022 0

काठमाडौं –

सानो पर्दाकी अभिनेत्री तथा चर्चित कार्यक्रम प्रस्तोता भिजे महालक्ष्मीले विवाह गरेकी छन् । उनले चर्चित निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहिबार विवाह गरेको भारतिय मिडियाले जनाएका छन् ।

उनीहरुको विहेमा आफन्त परिवार तथा साथीभाइको उपस्थिती रहेको थियो । आन्द्रप्रदेशको तिरुमाला तिरुपतीमा विवाह गरेका यो जोडीको बिहेको तस्बिरलाई इन्स्टाग्राममा सेयर गर्दै महालक्ष्मीले लेखेकी छिन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु । तिमीले मेरो जीवनलाई न्यानो मायाले पूर्ण गरिदिएका छौ । लभ यु अम्मु । ’

महालक्ष्मीले चर्चित तमिल टेलिश्रृङ्खला भानी रानी, अफिस, सेलामे, उथिरिपोक्कल, और कई ओसाईलगायतमा मुख्य भूमिका निर्वाह गरेकी थिइन। यिनै टेलिश्रृङ्खलाबाट उनले चर्चा बटुलेकी थिइन् ।

रविन्दर विभिन्न चर्चित टेलिश्रृङ्खला निर्माण गरेका छन् ।तर यउनको बिहेलाई लिएर ट्रोल गर्न सुरु गरिएको छ । अभिनेत्रीको सुन्दरता र निर्माताको मोटो ज्यानको कारण ट्रोल बनेका हुन् । अभिनेत्रीको उमेर ३२ बर्ष र निर्मातको उमेर ५२ बर्ष रहेको बताइएको छ । महालक्ष्मीमाथि पैसाका लागी बिहे गरेको भन्दै ट्रोल गर्न सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर