‘प्रकाश’ हेरेपछि शिक्षामन्त्री देवेन्द्र पौडेललेको आपत्ती भने 'फिल्मले माओवादीलाई बदनाम गर्न खोजेको छ' — OSNepal

‘प्रकाश’ हेरेपछि शिक्षामन्त्री देवेन्द्र पौडेललेको आपत्ती भने ‘फिल्मले माओवादीलाई बदनाम गर्न खोजेको छ’

LC (KTM) September 04, 2022 0

काठमाडौं –

शिक्षामन्त्री देवेन्द्र पौडेलले फिल्म ‘प्रकाश’ हेरेपछि राजनीतिक पूर्वागहसहित निर्माण गरिएको भन्दै आपत्ती जनाएका छन् । विश्वज्योति हलमा फिल्म हेरेपछि उनले यस्तो प्रतिकृया दिएका हुन् ।फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको र जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएकोमा उनको अपत्ती रहेको छ ।

फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंगपनि जोडिएको छ ।त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको पौडेलले बताए । स्वयम पनि माओवादी आन्दोलनमा होमिएका नेता पौडेलले फिल्ममा जुन स्थानको कथा देखाइएको हो त्यहीँका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए ।

‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो पौडेलले भने । प्रकाशमा प्रदिप खड्का, दिया मास्के लगायतका कालकारको मूख्य भुमिका रहेको छ ।

फिल्मले पहिलो साता घरेलु बक्सअफिसमा लगभग १ करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मले दोस्रो सप्ताहन्त पनि सन्तोषजनक व्यापार गरेको छ । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर