निताको ‘रङ्गीन संसार’मा रुविना र कुन्साङको रोमान्स — OSNepal

निताको ‘रङ्गीन संसार’मा रुविना र कुन्साङको रोमान्स

LC (KTM) September 11, 2022 0

काठमाडौं । गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्दरसङ्गीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो ।

प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रुविना थापा र कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । निकै सुन्दर र आकर्षक देखिएको गीतको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ ।

यसअघि निताका ‘यादहरू’, ‘भाग्य मेरो’ जस्ता गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् । पोखरामा जन्मिनुभएकी निता विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीतसङ्गीतलाई अत्यन्तै माया गर्दै यही क्षेत्रमा समर्पित भएर लागि पर्नुभएको छ ।

सानै उमेरदेखि गायनमा रुचि राख्नुभएकी निता अमेरिकामा बस्दै आउनुभएको छ । स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथीहरूलाई सुनाएपछि उहाँको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन र गाउन थाल्नुभयो । गायन सिक्ने र एउटा राम्रो गायिका बनेर आफूलाई चिनाउने इच्छा राख्नु हुने निता विविध परिस्थितिले कक्षा दश अर्थात् एसएलसी पूरा गर्न साथै अमेरिका जानुपर्‍यो । तर, जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै अमेरिका गएर पनि नेपाली संघसंस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा गीत गाउन थाल्नुभयो ।

उहाँले अमेरिकामै रहेर एकजना भारतीय गुरुसँग शास्त्रीय सङ्गीत सिक्ने अवसर पनि पाउनुभयो र आफ्नो गायन कौशललाई अझै निखार्ने अवसर प्राप्त गर्नुभयो । शास्त्रीय सङ्गीतमा पोख्त हुने इच्छा राख्ने निताको पछिल्लो गीत ‘रङ्गीन संसार’ लाई आफ्नै अफिसियल युट्युव च्यानल ‘निता आचार्य’ मार्फत सार्वजनिक गर्नुभएको छ ।

यो गीतको भिडियोलाई हेरेर माया गरिदिने सम्पूर्ण दर्शकलाई धन्यवाद दिँदै आफूलाई सल्लाह सुझाव र हौसला प्रदान गर्न गायिका निता आचार्यले सम्पूर्ण दर्शकरश्रोतासँग अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर