बार्सिलोना बायर्नसँग पराजित — OSNepal

बार्सिलोना बायर्नसँग पराजित

LC (KTM) September 14, 2022 0

काठमाडौं, २९ भदौ:

च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ । समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो ।

५०औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा बायर्न२-० ले अघि रह्यो । लगातार दोस्रो जित निकालेको बायर्न ६ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर