एयर होस्टेस करिश्माको प्रेममा परेपछि दंग छन् अभिनेता सलोन — OSNepal

एयर होस्टेस करिश्माको प्रेममा परेपछि दंग छन् अभिनेता सलोन

LC (KTM) September 14, 2022 0

काठमाडौं :

अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले दुई वर्ष भित्र बिहे गर्ने भएका छन् । आज बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाइरहेको यो जोडीले अबको दुई वर्ष भित्र बिहे गर्न लागेको बताएका छन् ।

सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए ।बिहेका लागि परिवारले पनि अनुमति दिइयसको अभिनेता सलोन बस्नेतले बताए । ढिलोमा दुई वर्षभित्र विवाह गर्ने र यसको जिम्मा परिवारले आफूहरुलाई नै छाडिदिएको उनले बताए ।

रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदै करिश्माले लेखेकी छन् ।सधैं घाम र इन्द्रेणी हुनेछ भनेर म वाचा गर्न सक्दिनँ, तर म तिमीलाई मेरो माया, मेरो बफादारी, तिमीलाई खुसी पार्न, तिमीसँगै सपना देख्न, तिमीलाई प्रोत्साहन देख्न, तिम्रो सबैभन्दा मिल्ने साथी बन्न र तिम्रो परिवार बन्ने वाचा गर्छु । म तिमीलाई माया गर्छु ।’ पेसाले नेपाल वायुसेवा निगमकी एयर होस्टेस रहेकी करिश्मा कुनै नायिका भन्दा कम छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर