साउथ सुपरस्टार रश्मिकाले नेपाली बालिका बारिसा क्षेत्रीको नृत्य हेरेपछि भनिन् 'म तिम्रो फ्यान भएँ' — OSNepal

साउथ सुपरस्टार रश्मिकाले नेपाली बालिका बारिसा क्षेत्रीको नृत्य हेरेपछि भनिन् ‘म तिम्रो फ्यान भएँ’

LC (KTM) September 14, 2022 0

काठमाडौँ ।

साउथ सुपरस्टार रश्मिका मन्दनाले भेट्न खोजेकी बालिका हैटौडाको रसल एकेडेमीकी बारिसा क्षेत्री भएको खुलेको छ ।

साउथ फिल्म ‘पुष्पाः द राइज’को सुपरहिट गीत ‘सामी सामी’मा गज्जबले नाचिरहेकी ति नानी कक्षा यूकेजीमा अध्ययनरत छिन् । उनले विद्यालयमा हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापका क्रममा उनले यो गीतमा नृत्य गरे लगत्तै उक्त नृत्य भाइरल बन्दै रश्मिकासम्म पुगेको हो ।

यो भिडियो भाइरल भएपछि सामाजिक संजालमा यो फिल्मकी नायिका रश्मीका मन्दनाले पनि भिडियो हेरिन् । भिडियो हेरेर प्रभावित भएकी उनले नेपाली बालिकालाई भेट्ने इच्छा राखेकी छिन् ।

सामाजिक संजालमा भिडियो शेयर गर्दै चर्चित नायिकाले आफ्नो दिन नै बनेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘मेड माई डे ।

म यी सुन्दर बालिकालाई भेट्न चाहन्छु । तर, कसरी रु’ बारिसा क्षेत्रीको उक्त भिडियो हेरेपछि आँफु सानी बालिकाको फ्यान नै भएको रश्मिकाले उल्लेख गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर