कानको जाली फुटाइदिने धम्की दिने निर्देशक सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले दिए प्रहरीमा उजुरी — OSNepal

कानको जाली फुटाइदिने धम्की दिने निर्देशक सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले दिए प्रहरीमा उजुरी

LC (KTM) September 15, 2022 0

काठमाडौं :

पत्रकार सुजन श्रेष्ठले निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको बताइएको छ ।

श्रेष्ठले केही दिनअघि ‘सम्हालिन्छ कहिले मन’ले बक्स अफिसमा गरेको व्यापारको विषयमा समाचार लेखपछि समाचार लेखेकै भरमा थाािले पत्रकार श्रेष्ठलाई तै तै र मै मै भन्दै गाली गरेका थिए । जसले यी दुईबीच तनाव उत्पन्न भइरहेको थियो ।

गत भदौ २० गते थापाले समाचारको विषयलाई लिएर श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएको अडियो श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक समेत गरिदिएपछि यस विषयले चौतर्फी चर्चा पाएको थियो ।आज श्रेष्ठले जाहेरीपछि शुक्रबार बिहान ११ बजे दुवै पक्षलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर