अछाममा पहिरोले घर पुरिदा १२ जनाको मृत्यु : ५ जनाको शव भेटियो, थप विवरण आउन बाँकी — OSNepal

अछाममा पहिरोले घर पुरिदा १२ जनाको मृत्यु : ५ जनाको शव भेटियो, थप विवरण आउन बाँकी

LC (KTM) September 17, 2022 0

मंगलसेन, असोज, १ :

अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता ६ जनामध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । त्यस्तै, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २÷२ जनाको शव फेला परेको उनले बताए ।

अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए । बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर