आफ्ना मन्त्रीलाई तत्काल हटाउन माग गर्दे कर्णाली प्रदेशसभाको बैठक एमालेबाट अवरुद्ध — OSNepal

आफ्ना मन्त्रीलाई तत्काल हटाउन माग गर्दे कर्णाली प्रदेशसभाको बैठक एमालेबाट अवरुद्ध

LC (KTM) June 25, 2021 0

काठमाडौं ११ असार । कर्णली प्रदेश सभा बैठक सुरु हुनु अगावै स्थगित भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारले ल्याएको बजेटबारे छलफल गर्न बसेको बैठक एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई हटाउन माग गर्दे प्रदेश सचेतक गुलावजंग शाहले बैठक अवरुद्ध गरेका हु्न । सभामुख राजबहादुर शाहीले बैठक सुरु भएको जानकारी दिएसँगै शाहले यस्तो माग राखेका थिए ।

बजेट ल्याएको १० दिनभित्र छलफल गष्र्नुपर्ने भएपनि कर्णाली प्रदेशमा भने सरकार र प्रतिपक्षबिच हुँदै आएको विवादको कारण बैठक बस्न नसकेको हो । अब अर्को बैठक सभामुख शाहले असार १३ गते सम्मका लागि स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर