हिन्दी ‘प्रेमगीत ३’ले पायो विदेशी फिल्मको मान्यता — OSNepal

हिन्दी ‘प्रेमगीत ३’ले पायो विदेशी फिल्मको मान्यता

LC (KTM) September 21, 2022 0

काठमाडौं । अन्ततः चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यतासहित प्रदर्शनको अनुमति दिएको छ ।

लामो विबाद र चर्काचर्कीपछि प्रेमगीत ३ लाई चलचित्र विकास बोर्डले हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिएको हो । बोर्डले निर्माता संघसहितका संस्थालाई बोलाएर छलफल गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको हो ।

वितरक र निर्माताले भारतबाट भन्सार शुल्कसहित ल्याएको लगायतका कागजपत्र पेश गरेसँगै हिन्दी ‘प्रेमगीत ३’ले सेन्सरको अनुमती पाएको हो । सबै कागजात पुगेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सर सिफारिस गरेका हुन् ।

हिन्दी ‘प्रेमगीत ३’को पक्ष र विपाक्षमा चर्को बहास भइरहेका बेला हिन्दीको सुविधा दिन नहुने भन्दै चर्को विरोध भएको थियो । आगामी शुक्रबार नेपालसहित भारतमा नेपाली र हिन्दी संस्करण प्रदर्शनको तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर