इमोजीले टाउको छोपेर ‘जेरी २’की हिरोइन सार्वजनिक, धेरैले लिए यी नायिकाको नाम ! — OSNepal

इमोजीले टाउको छोपेर ‘जेरी २’की हिरोइन सार्वजनिक, धेरैले लिए यी नायिकाको नाम !

LC (KTM) September 27, 2022 0

काठमाडौं :

फिल्म निर्माण अघि नै चर्चामा रहेको थियो ‘जेरी २’ । चर्चामा रहनुको कारण फिल्ममा को नायिकाले अभिनय गर्लिन भनेर । अब अन्तत फिल्मकी नायिका पनि फायनल भइसकेकी छन् ।

नायिका फाइनल भएपनि फिलमका निर्माता सरोज न्यौपानेले अनमोल केसी र अभिनेत्रीसँगको तस्वीर सेयर गरेपनि इमोजीले टाउको छोपेर सार्वजनिक गरेका छन् । केसी र अभिनेत्रीसँगको तस्वीर सेयर गरेका छन्, जसमा हिरोइनको अनुहारलाई स्माइली इमोजीले छोपेर गोप्य राखिएको छ ।

केही दिनअघि ती हिरोइनले फिल्म साइन गरेको बताइएको छ । । तस्वीरमा फ्लावर प्रिन्टसहितको गाउनमा ती नायिका क्युट देखिन्छिन् । सामाजिक सञ्जालमा सेयर भएको तस्वीरमा विभिन्न अभिनेत्रीको नाम अनुमानसहित उल्लेख गरिएको छ ।

तस्विरमा धेरैले नीति शाहलाई लिइएको हुनसक्ने प्रतिक्रिया दिएका छन् । निर्माता न्यौपानेले दर्शकमाझ कौतुहलता सिर्जना गर्न उक्त तस्वीर सेयर गरिएको बताए । ‘केही दिनमा औपचारिक सार्वजनिक गर्नेछौं । सबैलाई गेस गर्न खुला छ,’ उनले भने । फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने छन् । फिल्मको छायांकन भने चुनावपछि सुरु हुने बताइउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर