नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलमा गण्डकी र सेनालाई स्वर्ण पदक — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलमा गण्डकी र सेनालाई स्वर्ण पदक

LC (KTM) October 15, 2022 0

कास्की-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबलमा पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही असोज २४ गतेदेखि जारी ह्याण्डबलको प्रतिस्पर्धाको आज सम्पन्न फाइनलमा गण्डकीले स्वर्ण जितेको हो । जारी नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीको यो पहिलो स्वर्ण हो । यसअघि आठौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकीले ह्याण्डबलमा स्वर्ण जितेको थियो ।

पुरुषतर्फको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ गोल अन्तरको निकाल्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको सेनाले रजत पदक पायो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र महिलातर्फ सेनाका देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतीय ओलम्पिक कमिटीका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही रु १०÷१० हजार प्रदान गर्नुभयो । प्रतियोगितामा विभागीय सशस्त्र प्रहरीको एपिएफले कास्यपदक जितेको छ । एपिएफले तृतीय स्थानका लागि भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।

यसैगरी महिला ह्याण्डबलमा विभागीय सेनाले स्वर्ण पदक जितेको छ । सेनाले अर्को विभागीय टोली एपिएफलाई १७–१६ गोलले हराउँदै स्वर्ण जित्न सफल भयो । प्रतियोगितामा एपिएफले रजतपदक जित्दा गण्डकी प्रदेशले कास्यपदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकीका आठ जिल्लामा ३६ खेल सञ्चालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर