केएमसीमा ट्युमरको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि ... — OSNepal

केएमसीमा ट्युमरको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि …

LC (KTM) October 17, 2022 0

काठमाडौं :

केएमसीमा ट्युमरको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित बनेका न् । चिकित्सकले ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बुबाको मृत्यु भएको छोरा प्रगेशले बताए ।

एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका ९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरलाई आइतबार साँझ मृत घोषणा गरिएको थियो । मृत घोषण गरेपछि कित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका हुन् ।

असोज २४ गते अप्रेसन सुरु गरिए पनि केही समयमै चिकित्सकले बिरामीलाई न्युरो लैजानुपर्ने बताएका थिए । नसा चुँडिएका कारण तत्कालै न्युरो लैजानुपर्ने चिकित्सकले बताएको आफन्तको दाबी छ ।केएमसी प्रशासनले भने अस्पतालको कुनै गल्ती नभएको दाबी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर