नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

LC (KTM) October 18, 2022 0

गण्डकी-गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् ।

सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । नवौँ राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर