पुरुष कुस्तीमा विभागीय टिम एपीएफलाई चार स्वर्ण — OSNepal

पुरुष कुस्तीमा विभागीय टिम एपीएफलाई चार स्वर्ण

LC (KTM) October 18, 2022 0

कावासोती, १ कात्तिक -नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वीनवलपरासीमा सञ्चालन भएको कुस्तीको पुरुषतर्फको चार वटा स्वर्ण पदक विभागीय टोली एपीएफले हात पारेको छ । आज भएको प्रतिस्पर्धामा विभागीय टिम एपीएफले चारवटा स्वर्ण पदक हात पारेको छ । त्यसैगरी पुरुष कुस्तीतर्फ मधेश प्रदेशले तीन स्वर्ण, विभागीय टिम नेपाली सेनाले दुई स्वर्ण र लुम्बिनी प्रदेशले एक स्वर्ण पदक जितेका छन् ।

विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक हात पारेका छन् । मधेश प्रदेशका लागि ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात पारे भने विभागीय टिम नेपाली सेनाका लागि ७४ केजी तौल समूहमा सुरेस चुनार र ९७ केजी तौल समूहमा सुमिर शाहले र लुम्बिनी प्रदेशका ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।

कुस्तीमा महिला र पुरुषतर्फ गरी विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागि खेल भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा आयोजना गरिएको प्रतियोगिता आज सम्पन्न भएको छ ।प्रतियोगितामा ५९ महिला र पुरुष ९१ गरी एक सय ५० खेलाडी सहभागी थिए । तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस साथै सात वटा प्रदेश गरी १० वटा टिमको प्रतियोगितामा सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर