राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने — OSNepal

राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

LC (KTM) October 22, 2022 0

लमजुङ – दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएकोे छ । जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ ।

विस्फाेटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फाेटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

कोसिसद्वारा रु एघार लाख बीउ पुँजी सहयोग-मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिको जीविकोपार्जन सहज बनाउन रु ११ लाख बीउ पुँजी सहयोग उपलब्ध गराइएको छ । जिल्लामा ११ वटा स्वाबलम्वन समूहलाई रु ७५ हजारदेखि रु एक लाख २० हजारसम्म बीउ पुँजी सहयोग गरिएको हो । तनहुँलगायत १६ जिल्लामा मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर काम गर्दै आएको कोसिस संस्थाका परियोजना जिल्ला संयोजक महेन्द्र आचार्यले बीउ पुँजी उपलब्ध गराएको जानकारी दिनुभयो । तनहुँमा सन् २०१५ देखि सुरु गरी २०२३ डिसेम्बरसम्म काम गर्नेगरी उक्त संस्थासँग सम्झौता भएको बताइएको छ ।

मानसिक स्वास्थ्यलाई प्राथामिक स्वास्थ्य सेवा गर्दै आएको कोसिस तनहुँले मानसिक समस्या भएका एक हजार व्यक्तिलाई पहिचान गरी निःशुल्क सेवा प्रदान गरेको छ । गत वर्ष उनीहरूको निःशुल्क औषधि उपचार गरी स्वास्थ्यमा सुधार आएपछि यस वर्ष मनोपरामर्श सेवा प्रदान गर्दै आएको सो संस्थाले जनाएको छ ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति हुने सामाजिक अवरोध हटाउन समुदाय सचेतीकरण एवं सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त संस्थाले गोरखा, लमजुड, गोरखा र कास्की गरी चार जिल्लामा मानसिक समस्यामा रहेका व्यक्ति र समुदायमा काम गर्दै आएको छ । जिल्लाका ३१ वटा सामुदायिक विद्यालय छनोट गरी विद्यार्थी, अभिभावक, शिक्षकलगायतका गरी करिब चार हजार जनालाई मनोपरामर्श सेवा प्रदान गर्दै आएको मनोविद् सीता भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका गरी २६ जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान गरी आधारभूत स्वास्थ्य सुविधा प्रदान गर्ने विषयमा तीन दिनको तालिम प्रदान गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर