नवौँ राष्ट्रिय खेलकुदकमा पदक विजेता खेलाडी सम्मानित — OSNepal

नवौँ राष्ट्रिय खेलकुदकमा पदक विजेता खेलाडी सम्मानित

LC (KTM) October 23, 2022 0

पोखरा-पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कास्की जिल्ला टेनिस सङ्घले नगदसहित सम्मान गरेको छ ।राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसमा गण्डकी प्रदेशले इतिहास रच्दै तीन स्वर्ण पदक जितेको खुसीयालीमा खेलाडीलाई सम्मान गरिएको हो । सङ्घले प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने खेलाडी प्र्रदीप खड्कालाई नगद रु २० हजार, टोलीमा दुई स्वर्ण र एक रजत प्राप्त गरेका खेलाडी अनिल साईलाई रु १२ हजारसहित सम्मान गरेको छ ।

यसैगरी टोलीमा एक स्वर्ण र एक रजत हासिल गरेका खेलाडी आशिष खड्का र सौगात विकलाई जनही रु सात–सात हजार तथा एक रजत पदक हासिल गरेका विवेक मगरलाई रु पाँच हजार प्रदान गरिएको छ । यस्तै एक कास्य जितेकी प्रीति बराललाई रु दुई हजार र प्रशिक्षक नीरज थापालाई रु पाँच हजार नगदसहित सम्मान गरिएको कास्की जिल्ला टेनिस सङ्घका सचिव नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी कास्कीकै अग्रज टेनिस खेलाडीले पनि पदक हासिल गरेका खेलाडीलाई सम्मान गर्नुभयो । अग्रज खेलाडी समीर शेरचनले प्रदीप खड्कालाई नगद रु २५ हजार र अन्य चार पुरुष खेलाडी अनिल साई, आशिष खड्का, सौगात विक र विवेक मगरलाई जनही रु पाँच–पाँच हजार नगदसहित सम्मान गर्नुभयो ।

अग्रज टेनिस खेलाडी अनुज बाँस्तोलाले आफ्ना छोरा अभिषेक बाँस्तोलाको नाममा विजेता खेलाडी प्रदीपलाई रु ३० हजार, अनिल साईलाई रु १५ हजार तथा आशिष खड्का, सौगात विक, विवेक मगर र प्रीति बराललाई जनही रु पाँच हजारले सम्मान गर्नुभयो ।यसैगरी अग्रज टेनिस खेलाडी राजेन्द्रप्रसाद घिमिरेले नेपालका नं १ टेनिस खेलाडी खड्कालाई नगद रु १० हजारसहित सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर