नेपालमा ६९२ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु — OSNepal

नेपालमा ६९२ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

LC (KTM) October 24, 2022 0

काठमाडौं, ७ कार्तिक : नेपालमा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएकोमा हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् । आज देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर