कट्रिनासँग सलमान खानको ‘टिप टिप बरसा पानी’ मा डान्स, अत्यन्तै रुचाए दर्शकले — OSNepal

कट्रिनासँग सलमान खानको ‘टिप टिप बरसा पानी’ मा डान्स, अत्यन्तै रुचाए दर्शकले

LC (KTM) October 28, 2022 0

काठमाडौं -बलिउड अभिनेता सलमान खानले डेंगुलाई जितेका छन् । उनलाई केही दिन अघि डेंगु भएको पुष्टि भएपछि उनले ‘बिग बोस–१६’ को सुटिङ रद्द गरेका थिए । उनको स्थानमा करण जोहरले शोको होस्ट गरेका थिए ।

सलमानको स्वास्थ्य बिग्रिएपछि उनले आफैँले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए । तर अब सलमान डेंगुबाट निको भइसकेका छन् र छिट्टै शोको सुटिङ सुरु गर्न लागेका छन् ।

सलमानले बिहीबार ‘विकेन्डका वार’को सुटिङ गर्नेछन् । यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूर्ण टिम अतिथिको रूपमा देखिनेछिन् ।र्माताले शोको आगामी एपिसोडको प्रोमो सामाजिक सञ्जालमा सेयर गरेका छन् । जसमा कट्रिना र सलमानको नृत्य समेत रहेको छ ।

भिडियोमा कट्रिनाले सलमान खानलाई गीत ‘टिप टिप बरसा पानी’ मा डान्स सिकाएको देख्न सकिन्छ । कट्रिना पहेंलो फुल स्लिभ बडीकन ड्रेसमा निकै हट देखिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर