तीन स्टार खेलाडी मेस्सी, नेयमार र एम्बाप्पे चम्किएपछि पिएसजीको जित — OSNepal

तीन स्टार खेलाडी मेस्सी, नेयमार र एम्बाप्पे चम्किएपछि पिएसजीको जित

LC (KTM) October 30, 2022 0

काठमाडौं, १३ कात्तिक -स्टार खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४–३ को जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा पिएसजीले जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । तीन स्टार खेलाडी चम्किएपछि पिएसजीले तीन अंक प्राप्त गरेको हो ।

पिएसजीको गोलमा कार्लाेस सोलर, मेस्सी, नेयमार र एम्बाप्पेले गोल गरे । मेस्सीले सर्जियो रोमोसको पासमा गोल गरेका थिए भने एक पास उपलब्ध गराएका थिए । एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए ।

ट्रोयसको लागि मामा बाल्डेले दुई तथा एन्टी पलाभर्साले गोल गरेपनि हार टार्न सकेनन् । अपराजित पीएसजीले १३ खेलबाट ३५ अंक सहित शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानको लेन्सको ३० अंक छ । ट्रोयसक १३ अंक सहित ११औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर