पोखराको विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ — OSNepal

पोखराको विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ

LC (KTM) November 02, 2022 0

पोखरा-पोखराको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । दुर्लुङ समाज पोखराले धार्मिक विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरेको हो । पर्वत जिल्लाको साविक दुर्लुङ घर भई पोखरामा बसोबास गर्दै आएका व्यक्तिद्वारा गठित दुर्लुङ समाज पोखराले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर मन्दिर परिसरमा सरसफाइ गरेको हो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भक्तजनहरूको सहयोग र सद्भावबाट मन्दिरको विकासमा सहयोग पुगेको बताउनुभयो । मन्दिरमा संस्कृत पाठशाला सञ्चालनमा रहेको र छिट्टै आयुर्वेदिक अस्पताल समेत सञ्चालनमा ल्याइने भनाइ श्रेष्ठको छ । दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गर्न पाउनु खुसीको विषय भएको बताउनुभयो । समाजका सचिव ईश्वरी पौडेलले समाजले सामाजिक क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।

सरसफाइ कार्यक्रममा समाजका सल्लाहकारहरू उदीमबहादुर गुरुङ, समाजका उपाध्यक्ष कुलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष टेकबहादुर विक, सहसचिव शिव पौडेल, रामबहादुर थापा, रवीन पोखरेल, राधा पौडेललगायतले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर