‘घर कता हो बैनीको, जाम भो माइली, चोली मैलो भो लगायतका गीतका गायक प्रकाश भन्छन् मैले मर्न खाजेको हैन, गलत हल्ला फैलाइयो — OSNepal

‘घर कता हो बैनीको, जाम भो माइली, चोली मैलो भो लगायतका गीतका गायक प्रकाश भन्छन् मैले मर्न खाजेको हैन, गलत हल्ला फैलाइयो

LC (KTM) November 08, 2022 0

काठमाडौं । गायक प्रकाश दूतराजले आँफुले आ त्म हत्या प्रयास नगरेको भन्दै समाचारको खण्डन गरेका छन् । आइतबार राति आ त्म ह त्या प्रयास गरेका खबरहरु नेपाली मिडियामा आएसँगै अष्ट्रेलियामा रहेका दूतराजले आज सामाजिक संजालका मार्फत खण्डन गर्दै भनेका छन् ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि 1 ’

सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले भनेका छन् हिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने , आफू कहिलेकाँही त्यतिकै हराइदिने बानीका कारण मैले किन यो शरीरलाई यत्तिकै मार्थे भन्दै उनले फेसबुकमा लेखेका छन् ।

उनले यो विषयलाई थप प्रस्टिकरण दिँदै भनेका छन् ‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ ‘ यसलाई रोग भनु या मेरो विशेषता ? ’ उनले उल्टै प्रश्न गरेका छन् ।

एक्कासी अप्रिय जस्ता सुनिने खबर आएपछि उनले आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । उनको यो खबर सुनेपछि उनकी आमाले बोली मधुरो पार्दै बोलेको पल सम्झिँदै उनले भने सानो दुस्खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई ! ’ दुतराज भन्छन् गलत बुझाइका कारण समाचार बाहिर आयो ।

आफ्नो खण्डनको अन्त्यमा प्रकाश लेख्छन् ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’ प्रकाशका ‘घर कता हो बैनीको, जाम भो माइली, चोली मैलो भो लगायतका गीतहरु हिट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर