राप्रपालाई भोट माग्दै अभिनेत्री मनिषा कोइराला, वालिङमा हुने राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने — OSNepal

राप्रपालाई भोट माग्दै अभिनेत्री मनिषा कोइराला, वालिङमा हुने राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने

LC (KTM) November 09, 2022 0

काठमाडौं -अभिनेत्री मनिषा कोइरालाले राप्रपालाई भोट मागेकी छन् । राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी उनले राप्रपा को पक्षमा खुलेर भोट माग्न थालेकी हुन् ।

यसै बिच उनले शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुने बताइएको छ । चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् ।

कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी भउका बेला मििनष पनि खुल्न थालेकी हुन् । सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को छायांकन लगत्तै मनिषा काठमाडौं उत्रिएकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर