पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तरले दिए भारतलाई शुभकामना भने– ‘पाकिस्तानले मेलबर्नमा कुर्नेछ’ — OSNepal

पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तरले दिए भारतलाई शुभकामना भने– ‘पाकिस्तानले मेलबर्नमा कुर्नेछ’

LC (KTM) November 09, 2022 0

काठमाण्डौ – पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तरले भारतीय क्रिकेट टिमलाई टी–२० विश्व कपको सेमिफाइनल खेलका लागि शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो पोस्ट गर्दै उनले भारतलाई शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, ‘प्रिय भारत, भोलिको खेलका लागि शुभकामना । हामी क्रिकेटको उत्कृष्ट खेलका लागि तिमीलाई मेलबर्नमा कुर्नेछौँ ।’आज भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको छ ।

भारत र इङ्ग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल एडिलेडमा दिउँसो पौने २ बजे सुरु हुनेछ ।


साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले तोड्यो आरआरआरको ओभरसिज बिक्री रेकर्ड – मुम्बई । साउथ इण्डियन स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म यो पनि पढ्नुहोस, ‘पुष्पाः द राइज’ रिलिजपछि निकै नै चर्चामा आएको थियो । अब फ्यानहरू यो फिल्मको दोस्रो भाग ‘पुष्पा : द रुल’को प्रतिक्षामा छन् ।

भारतपछि रुसमा रिलिज हुने यो फिल्मको ओभरसिज थियट्रिकल राइट्स महंगो रकममा बिक्री हुने भएको छ । यो फिल्म ८० करोड रुपैंयाँभन्दा बढीमा बिक्री हुन लागेको हो ।

यसको मूल्य आधिकारिक रुपमा तय भए पनि निर्माता र किन्ने पक्षबीच आधिकारिक रुपमा सम्झौता भइसकेको छैन । यो मूल्य फिल्म ‘आरआरआर’ भन्दा पनि महंगो हो । फिल्म ‘आरआरआर’को ओभरसिज थियट्रिकल राइट्स ७० करोड रुपैयाँ हो ।

यो फिल्मको रिलिज बारे आधिकारिक सूचना बाहिर आएको छैन । तर, फिल्म निकट स्रोतका अनुसार फिल्म सन् २०२३ को अगष्टमा रिलिज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर