भारतिय टिभि सिरियल 'कसौटी जिन्दगी' बाट रातारात चर्चामा आएका अभिनेता सिद्धान्तको हृदयघातका कारण निधन — OSNepal

भारतिय टिभि सिरियल ‘कसौटी जिन्दगी’ बाट रातारात चर्चामा आएका अभिनेता सिद्धान्तको हृदयघातका कारण निधन

LC (KTM) November 11, 2022 0

मुम्बई, २५ कात्तिक :भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो ।

उनलाई तुरुन्तै अस्पताल पु¥याइए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए ।

सिद्धान्त पछिल्लोपटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए । सिद्धान्त फिटनेसका सौखिन थिए । सामाजिक सञ्जालमा उनी प्रायः जिम वर्कआउटको भिडियो सेयर गरेर फ्यानलाई प्रोत्साहन गरिरहन्थे ।

सिद्धान्तले सन् २०१७ मा मोडल तथा फेसन कोरियोग्राफर अलिसिया राउतसँग विवाह गरेका थिए । उनका दुई सन्तान छन् । यो उनको दोस्रो विवाह हो । यसअघि उनले ईरा सूर्यवंशीसँग सन् २००० मा विवाह गरेका थिए । तर उनीहरूले सन् २०१५ मै वैवाहिक सम्बन्ध टुंग्याएका थिए ।

जिम वर्कआउटका क्रममा हृदयघात भएका सिद्धान्त तेस्रो कलाकार हुन् । यसअघि कमेडियन राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’का अभिनेता दीपेश भानको पनि वर्कआउटकै क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर