निर्वाचनपछि गठबन्धनकै सरकार - अध्यक्ष केसी — OSNepal

निर्वाचनपछि गठबन्धनकै सरकार – अध्यक्ष केसी

LC (KTM) November 17, 2022 0

ढोरपाटन – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताउनुभयो । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा नेकपा (एमाले)लाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “केपी ओलीले संविधान र लोकतन्त्रलाई धरापमा पारे, यसले गर्दा हामीहरुले गठबन्धन निर्माण ग¥यौँ, यो गठबन्धन चुनावपछि पनि रहिरहन्छ, नागरिकले बुझेका छन्, एमालेले देशलाई अधोगतितर्फ धकेल्यो ।”

अध्यक्ष केसीले एमालले लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाउनुभयो । एमालेले पटक–पटक संसद्लाई विघटन गरेर संविधानको मुन्टो निमोठ्न खोजेको आरोप लगाउँदै प्रतिगामीलाई ठेगान लगाउने बताउनुभयो । गठबन्धनका सरकारले नागरिकको जनजीविकाको पक्षमा काम गर्ने उहाँले बतानुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर