गठबन्धनले बहुमत ल्याउँछ - डा कोइराला — OSNepal

गठबन्धनले बहुमत ल्याउँछ – डा कोइराला

LC (KTM) November 17, 2022 0

कावासोती – नेपाली कांग्रेसका नेता एवं नवलपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जीत निश्चित भएको दाबी गर्नुभयो ।

नवलपुरको देवचुलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने र गठबन्धकै सरकार बन्ने बताउनुभयो । डा कोइरालाले गैँडाकोटदेखि त्रिवेणीसम्मको नारायणी कोरिडोर सडक निर्माण विस्तार आगामी दुई वर्षभित्र सम्पन्न हुने जानकारी दिनुभयो ।“नारायणीको तटबन्धसँगै त्रिवेणीसम्म तटबन्ध र सडक बन्छ । ” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर