पहिलो पटक एकै विज्ञापनमा देखिए मेसी र रोनाल्डो — OSNepal

पहिलो पटक एकै विज्ञापनमा देखिए मेसी र रोनाल्डो

LC (KTM) November 20, 2022 0

काठमाडौं, ४ मंसिर:क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी पहिलो पटक एकै विज्ञापनमा देखिएका छन् । दुबै स्टार खेलाडी लुइस वुइटनको ‘लक्जरी’ कपडाको विज्ञापनमा देखिएका हुन् । रोनाल्डो र मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा चेस खेल्दै विज्ञापन गरेका छन् ।

सदावहार को उत्कृष्ट भनेर मेसी र रोनाल्डोबीच चर्चा हुने गर्दछ । विज्ञापनमा भने पहिलो पटक दुबै खेलाडी चेकदार सुटकेसमा चेस खेलिरहेका छन् । यो खेल कस्ले जित्यो त्यो भने लेखिएको छैन । मेसीले लेखेका छन्,‘विजय मनको आस्था हो।’

दुबै खेलाडी हाल कतार विश्वकपका लागि दोहामा छन् । विश्वफुटबलको स्टार खेलाडी द्वयको लागि यो नै अन्तिम विश्वकप हुने मानिएको छ । मेसीले बालोन डि ओर सात पटक र रोनाल्डोले पाँच पटक बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर