इलाम २ मा नेम्वाङ र खड्काले गरे मतदान — OSNepal

इलाम २ मा नेम्वाङ र खड्काले गरे मतदान

LC (KTM) November 20, 2022 0

इलाम-नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गर्नुभएको छ । संविधानसभाका अध्यक्षसमेत रहनुभएका उहाँले विहान ८ बजे इलाम नगरपालिका-७ स्थित मरब क्याम्पस मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

त्यसैगरी नेम्वाङका प्रतिस्पर्धी समेत रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले पनि सोही मतदान केन्द्रमा मतदान गर्नुभएको छ । खड्का पाँच दलीय गठबन्धनतर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँले विहान ७ बजे मतदान गर्नुभएको हो ।

यो पनि:एमालेका महासचिव पोखरेलद्वारा मतदान-नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताउनुभएको छ । आज तुलसीपुर १८ विजौरीस्थित जनता संस्कृत माविमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भइसकेको छ, किनकी राजनीतिक परिवर्तनका लागि दलहरु बीच सहकार्य जरुरी हुन्थ्यो ।”

विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने र आफूहरु बलियो राष्ट्रियशक्ति निर्माणको अभियानमा रहेको उहाँको भनाइ छ । उहाँले निर्वाचनले मुलुकलाई नयाँ दिशातर्फ डो¥याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर