एक्कासी के भयो बलिउडका दिग्गज कलाकार नसीरुदीन शाहलाई ? अस्पतालमा उपचार हुदै , मेनेजरले दिए उनको स्वास्थ्य अवस्था बारे यस्तो जानकारी — OSNepal

एक्कासी के भयो बलिउडका दिग्गज कलाकार नसीरुदीन शाहलाई ? अस्पतालमा उपचार हुदै , मेनेजरले दिए उनको स्वास्थ्य अवस्था बारे यस्तो जानकारी

LC (KTM) June 30, 2021 0

बलिउडका दिग्गज कलाकार नसीरुदीन शाहको स्वास्थ्य अवस्थामा खराबी आएको छ । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि हिजो अर्थात २९ जुनमा खार स्थित हिन्दुजा अस्पतालमा भर्ना गरीएको छ । उनलाई निमोनिया भएको अस्पतालले जानकारी दिएको छ ।

उनको फोक्सोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था पहिला भन्दा अलि सुधार भएको उनका मेनेजरले जानकारी दिएका छन् । हेल्थ अपडेट दिदै मेनेजरले भनेका छन्– उहाँ अस्पतालमा हुनुहुन्छ , उहालाई मेडिकल सुपरिभिजनमा राखिएको छ ।

उनलाई निमोनियाको आशंकामा ल्याइएको थियो । अहिले स्वास्थ्य अवस्था सुधार भईरहेको छ । मेनेजरका अनुसार अब एक दुई दिनमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ । अस्पतालमा भर्ना भएका नसीरुदिनको साथमा उनको पत्नी रत्ना पाठक तथा आफ्ना छोराछोरी समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर