बिश्वकप फुटबलमा नेदरल्याण्ड्स संग सेनेगल पराजित — OSNepal

बिश्वकप फुटबलमा नेदरल्याण्ड्स संग सेनेगल पराजित

LC (KTM) November 22, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा सोमबारको दोस्रो खेलमा नेदरल्याण्ड्सले बिजयी सुरुवात गरेको छ । नेदरल्याण्ड्सले सेनेगलललाई २ ० ले पराजित गरेको हो । अल थुमामा स्टेडियममा नेदरल्याण्ड्सका लागि कोडी गाक्पोले ८४औं मिनेटमा टिमका लागि खाता खोलेका थिए । त्यस्तै इन्जुरी टाइमको नवौँ मिनेट नेदरल्याण्ड्सका लागि फापसिद्ध भयो ।

डेभी क्लासेनले नेदरल्याण्ड्सका लागि थप गोल गरे । चोटका कारण स्टार फरवार्ड साडियो माने विश्वकपबाट बाहिरिएपनि सेनेगलले नेदरल्याण्ड्स विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै करिब ८५ मिनेट गोल गर्नबाट रोकेको थियो ।तर पनि अन्तिम समयमा सम्हालिन नसक्दा दुई गोल खान पुग्यो । जितपछि नेदरल्याण्ड्सले समूह ए मा ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर