काठमाडौँ १० मा कांग्रेसका केसी अघि — OSNepal

काठमाडौँ १० मा कांग्रेसका केसी अघि

LC (KTM) November 22, 2022 0

काठमाडौँ-काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले चार हजार आठ सय एक मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीक प्रदीप विष्टले तीन हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिमेस केसीले दुई हजार आठ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार अहिलेसम्म १६ हजार आठ सय १५ मत गणना सकिएको छ । ती मध्ये छ सय ९९ मत बदर भएको छ । निर्वाचनमा ५३ हजार छ सय ४५ मत खसेको थियो । उक्त क्षेत्रमा १८ दलका र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर