भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि — OSNepal

भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि

LC (KTM) November 22, 2022 0

अछाम, ६ मंसिर -नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

१४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर