कांग्रेसका डम्बरबहादुरले इलाम-२ मा फेरि पछि परे सुवास नेम्वाङलाई — OSNepal

कांग्रेसका डम्बरबहादुरले इलाम-२ मा फेरि पछि परे सुवास नेम्वाङलाई

LC (KTM) November 22, 2022 0

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं। २ मा पछि परेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

१४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर