भोजपुरमा गठबन्धनका उम्मेदवार सुदन किरातीको अग्रता — OSNepal

भोजपुरमा गठबन्धनका उम्मेदवार सुदन किरातीको अग्रता

LC (KTM) November 22, 2022 0

भोजपुर-भोजपुरको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिनुभएको छ । हालसम्म तीन हजार एक सय २४ मत गणना हुँदा उहाँले एक हजार पाँच सय ४१ मत पाउनुभएको छ भने नेकपा ९एमाले०का उम्मेदवार शेरधनले एक हजार ८५ मत प्राप्त गर्नुभएको छ ।

भोजपुर प्रदेशसभा ९१० मा गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकुमार राईले सात सय छ मतले अघि देखिनुभएको छ ।तीन हजार नौ सय २८ मत गनिसक्दा राई दुई हजार ४४ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले०का हरिबहादुर राईले एक हजार तीन सय ३८ मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८२ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर