खेतबाट किसान काम गरेर फर्किँदै गरेको ट्याक्टर दुर्घटना , दश किसानको मृत्यु — OSNepal

खेतबाट किसान काम गरेर फर्किँदै गरेको ट्याक्टर दुर्घटना , दश किसानको मृत्यु

LC (KTM) December 02, 2022 0

कायरो -इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा परेर दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरुको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्राप्त जानकारीअनुसार उनीहरु बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गरेका बेला उनीहरु सवार रहेको ट्याक्टर दुर्घटनामा परेको थियो ।उनीहरु सवार रहेको ट्याक्टरलाई अर्कातर्फबाट आएको ट्रकले ठक्कर दिएको थियो । सो दुर्घटनामा परेर अरु दुई जना घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पछिल्लो समयमा नाइजेरियामा सवारी दुर्घटना सामान्य जस्तो हुदै गएको छ । सडकको खराब अवस्थाका साथै सवारी चालकको असावधानीका कारण यहाँ सडक दुर्घटना दिन प्रतिदिन बढ्दै गएको पाइएको यहाँको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर