पोर्चुगललाई हराउँदै दक्षिण कोरिया बिश्वकप फुटबलको नकाउट चरणमा प्रबेश — OSNepal

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया बिश्वकप फुटबलको नकाउट चरणमा प्रबेश

LC (KTM) December 02, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा उपाधी दाबेदार मानिएको पोर्चुगल दक्षिण कोरियासंग स्तब्ध हुन पुगेको छ । जित संगै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ ।एजुकेसन सिटी स्टेडियममा केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो । तर अन्तिम समयमा पोर्चुगल सम्हालिन नसक्दा पराजय भोग्न पुग्यो ।खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए ।यस जितसँगै कोरिया समूह एच को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । कोरियाले ३ खेलमा ४ अंक जोड्यो । हारको बाबजुत पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर