लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह — OSNepal

लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

LC (KTM) December 04, 2022 0

बेरुत-संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गर्नुभएको हो ।संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या निकै बढ्दै गएको र यहाँ उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले सो आग्रह गर्नुभएको हो ।

ग्राण्डी तीन दिनको भ्रमणका क्रममा लेबनान आउनुभएको थियो । सो भ्रमण सकेर शनिबार फर्किने क्रममा उहाँले लेबनानमा दशौँ हजार जना शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरुको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको बताउनुभएको हो ।

उहाँले सिरियाबाट आएर पनि लेबनानमा शरणार्थीका रुपमा मानिसहरु रहेकाले उनीहरुलाई आवश्यक मात्रामा र दिगो सहयोग पु¥याउनुपर्ने बताउनुभएको लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

लेबनानमा ठूलो सङ्ख्यामा विदेशी शरणार्थीहरु आएर बसेका छन् । एक प्रतिवेदनअनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन् । ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर