चीनमा सुरु भयो वर्षमानको उपचार, छोरी शीलासँगै साथमा छन् पत्नी ओनसरी पनि — OSNepal

चीनमा सुरु भयो वर्षमानको उपचार, छोरी शीलासँगै साथमा छन् पत्नी ओनसरी पनि

LC (KTM) December 08, 2022 0

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार चीनमा सुरु भएको छ । मंसिर १६ गते चीन गएका एन्क्ँे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार भइरहेको बताइएको छ । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित वर्षमानक्ँे यसअघि पनि उनको उपचार सोही अस्पतालमा भएको थियो ।

। चीनमा उपचार गराएर उनी २०७८ माघ १० गते काठमाडौं फर्किएका थिए । यस अघि पनि नी थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उतैबाट चीनको सेनजेन लगिएको थियो ।

वर्षमानसँग उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला छन् ।निर्वाचनको धपेडीका कारण स्वास्थ्य समस्या बल्झिएपछि पुनः सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगिएको पुनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर