राजेश , विपिन , वर्षा सिवाकोटी लगायतका कलाकारहरु मह सिकार गरेको हेर्न लमजुङ पुगे — OSNepal

राजेश , विपिन , वर्षा सिवाकोटी लगायतका कलाकारहरु मह सिकार गरेको हेर्न लमजुङ पुगे

LC (KTM) December 08, 2022 0

काठमाडौँ । मह सिकारको दृश्यावलोकन गर्न महानायक राजेश हमालसहितका कलाकारहरु लमजुङ पुगेका छन् ।

मह सिकारको दृश्यावलोकन गर्न हमालका अलावा कलाकारहरु विपिन कार्की, वर्षा सिवाकोटी, सिते बा, सुनिल पोखरेल, रामकृष्ण ढकाल लगायत रहेका छन् । त्यहाँको भुजुङ गाउँ पुगेर मह सिकार हेर्ने कार्यक्रम छ । हमालसहित अभिनेता कार्की र नायिका सिवाकोटीले पनि पहिलोपटक मह सिकार हेर्न जाने लागेको र आफूहरु उत्साहित भएको बताए ।

पर्यटन प्रवद्र्धन गर्न आयोजित स्पार्क एड्भेन्चर अभियानको लागि कलाकार लमजुङ पुगेका हुन् । पर्यटन प्रवर्द्धन हुने भएकाले कलाकारले निःशुल्क भाग लिएको जनाइएको उक्त कायृक्रममा जानु अघि हमालले भने ‘एकपटक टेस्ट गरेपछि कुन गुणस्तरको मह हो भन्ने थाहा पाउँछु । म महको पारखी समेत हुँ,’ ।

भुजुङ जानुपूर्व राजेश हमालले स्पार्क एड्भेन्चर २०२२ अभियान उद्घाटन पनि गरे । दुई दिनको उक्त यात्रामा कलाकारले लमजुङको रमणीय गुरुङ गाउँ घलेगाउँ पनि घुम्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर