रोनाल्डोले आँसु थाम्न नसकेको दृश्य विश्वभर भाइरल बनेपछि नायिका वर्षा शिवाकोटीले यसरी गरिन् सर्मथन — OSNepal

रोनाल्डोले आँसु थाम्न नसकेको दृश्य विश्वभर भाइरल बनेपछि नायिका वर्षा शिवाकोटीले यसरी गरिन् सर्मथन

LC (KTM) December 11, 2022 0

काठमाडौं । गएरातीको खेलमा अफ्रिकी मुलुक मोरक्कोले क्रिस्टियानो रोनाल्डोको मुलुक पोर्चुगललाई कडा प्रतिस्पर्धाकाबिचमा हराउन सफल भएसँगगै रोनाल्डोको फ्यानहरुले अहिले पनि उनलाई सर्मथन गरि नै रहेका छन् ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि विश्वकप फुटबलको कतार संस्करणको यात्रा टुंगिए पनि उनका फ्यानहरुको साथ भने उनले पाइ नै रहेका छन् ।

गएराति भएको प्रतिस्पर्धात्मक खेलमा अफ्रिकी मुलुक मोरक्कोले पोर्चुगलसँग कडा प्रतिस्पर्धा गर्दै पोर्चुगलललाई हराएर घर पठाएका बेला अभिनेत्री वर्षा सिवाकोटी रोनाल्डोको प्रशंसा गर्न छाडेकी छैनन् ।

रेफ्रीले अन्तिम सिट्टी फुकेलगत्तै रोनाल्डोले आँसु थाम्न नसकेको दृश्य विश्वभर भाइरल बन्यो । नेपाली कलाकारदेखि सर्वसाधारणले पनि रोनाल्डोको उक्त तस्वीरलाई सेयर गरेका बेला वर्षाले सामाजिक संजालमा लेखिन् ‘यस्तै हो खेलमा, फरेभर पोर्चुगल र क्रिस्टियानो रोनाल्डो,’। रोनाल्डो बाहिरिए पनि आफू सधैं उनको समर्थनमा रहने छु, उनले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर