क्रोएसिया र मोरक्कोको अत्यन्तै प्रतिष्पर्धात्मक खेल जारी , ९ मिनेट भित्रमा दुबै टिमबाट एक एक गोलको बराबरी — OSNepal

क्रोएसिया र मोरक्कोको अत्यन्तै प्रतिष्पर्धात्मक खेल जारी , ९ मिनेट भित्रमा दुबै टिमबाट एक एक गोलको बराबरी

LC (KTM) December 17, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले मोरक्को र क्रोएसिया भिड्दै छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा तेस्रो स्थानका लागि जारी खेलमा दुबैले एक एक गोलको बराबरीमा खेलिरहेका छन् । खेलको ७ औ मिनेटमा क्रोएसियाका लागि जोस्को ग्वार्डियोलले गोल गरे ।

त्यसको २ मिनेट बित्न नपाउँदै मोरक्कोको लागि आच्रफ हाकिमीले गोल गर्दै एक एकको बराबरीमा ल्याए । दुबै टोली जित सहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।भोली पौने ९ बजे हुने फाइनल खेलमा भने फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर