अमेरिकी स्टार पुलिसिकले चेल्सी छाड्न सक्ने संकेत — OSNepal

अमेरिकी स्टार पुलिसिकले चेल्सी छाड्न सक्ने संकेत

LC (KTM) December 18, 2022 0

अमेरिकी स्टार क्रिस्टियन पुलिसिकले लण्डन क्लब चेल्सी छाड्न सक्ने संकेत गरेका छन् । एक पोडकास्टमा कुरा गर्दै पुलिसिकले जे पनि हुन सक्ने भन्दै लण्डन क्लबसँगको भविष्यको बिषयमा अभिब्यक्ति दिएका छन् ।यूएसएका सहकर्मी खेलाडी टिम रिम्ससँग पोडकास्टमा कुरा गर्दै पुलिसिकले क्लबमा पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका हुन् ।

पुलिसिक प्रेरित अमेरिकाले कतार विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । लण्डन क्लब चेल्सीले डिसेम्बर २७ मा वर्नमाउथविरुद्ध खेल्दै प्रिमियर लिगमा फर्किदैछ । उनले लण्डन क्लबमा खेल्नका लागि धेरै समय नपाएको खण्डमा आफु क्लबबाट टाढा जाने बताएका छन् ।

प्रशिक्षक थोमस टुचेल र ग्राहम पोटरको नेतृत्वमा अमेरिकी कप्तानले १४ मध्य तीन लिग खेलमा मात्र सुरुवाती मौका पाएका छन् । ‘अहिले म पूर्ण रुपमा चेल्सीमा फिर्ता आएको छु । र मैले आफ्नो ध्यान केन्द्रित गरेको छु । मेरो दिमाग यही छ ।’ उनले भनेका छन्, ‘म यो सिजन सक्न तयार छु । तर थाहै छ, फुटबलले कसरी काम गर्छ । कसरी चिज परिवर्तन हुन्छ । जे पनि हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर