मेसीलाई विश्वकप जित्न ग्रहहरूले वाधा अड्चन नगरुन् भन्दै हेटौंडामा गरियो मेसीको नाममा ९ ग्रहको पूजा — OSNepal

मेसीलाई विश्वकप जित्न ग्रहहरूले वाधा अड्चन नगरुन् भन्दै हेटौंडामा गरियो मेसीको नाममा ९ ग्रहको पूजा

LC (KTM) December 18, 2022 0

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीका फ्यान विश्वभर छन् । जसमध्ये उनका डाइहार्ट फ्यान नेपालमा पनि छन् । जसले मेस्सीका लागि जे पनि गर्न पछि पर्दैनन् ।

जसमध्येका एक हुन् हेटौंडा ११, स्थित नवलपुरका सागर घिमिरे । उनले विश्वकपमा अर्जेन्टिनाको जित होस् र मेसीले जादुमय खेल देखाउन सकुन् भनेर शनिबार घरमै पूजा लगाएका हुन् । उनले मेसीका नाममा ९ ग्रहको पूजा गरेका छन् । समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेका काममा वाधा अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले मेसीको ग्रह पूजा गरेको जानकारी दिए ।

उनले मेसीलाई विश्वकप जित्न ग्रहहरूले वाधा अड्चन नगरोस् भन्ने सोचेर पूजाको काम आँफुले समयमा नै सम्पनन गरेको बताए । पूजा पण्डित बासुदेव आचार्यले गरेका छन् ।

कतारमा जारी विश्वकपको उपाधि रक्षाका लागि आज राति नेपाली समय अनुसार पौने ९ बजे हो । जहाँ मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर