खेलको २३ मिनेटमा कमाल गरे मेस्सीले, यसरी रच्दैछन् इतिहाँस — OSNepal

खेलको २३ मिनेटमा कमाल गरे मेस्सीले, यसरी रच्दैछन् इतिहाँस

LC (KTM) December 18, 2022 0

काठमाडौं । खेलको २३ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएसँगै कतार विश्वकप फुटबलको फाइनल रोमाञ्चक मोडमा पुगेको छ ।

जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहँदा फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएसँगै मेस्सीले उक्त अवसरलार्य गोलमा परिणत गर्दै किर्तीमानी रेकर्ड बनाउने मोडमा पुगेका छन् ।

लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध सुरुआती अग्रता बनाएर संसारभरका आफ्ना फ्यानहरुको नजरमा आर्कषणको केन्द्रबिन्दुमा परेका छन् मेस्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर